एमाले सचिवालय बैठक : भावी प्रधानमन्त्रीका रूपमा ओली अगाडि, प्रदेश र जिल्लागत उम्मेदवार टुङ्गो
काठमाडौं । हिजो (शनिबार) बसेको नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ। बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लगाएको छ । यस्तै, भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना उम्मेदवार सिफारिस भएका छन्। कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्ट अगाडि सारिएका छन्। अछाममा झपटबहादुर बोहरा र यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी तथा दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार तय भएका छन्। कर्णाली प्रदेशका सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेतमा धुर्व शाही र कुलमणि देवकोटा उम्मेदवार छन्। कालिकोटमा नागेन्द्र शाही (नेसनल), जुम्लामा शान्तिलाल महत र शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया चयन भएका छन्। दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटमा डम्मरबहादुर सिंह उम्मेदवार तय भएका छन्। लुम्बिनी प्रदेश क्षेत्रका नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव उम्मेदवार बनेका छन्। रुपन्देहीका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ भने बासुदेव घिमिरे र खिमलाल भट्टराई सिफारिसमा परेका छन्। कपिलवस्तुमा विश्राम चौधरी र बिरेन्द्र कडौनिया, दाङमा घनश्याम पाण्डे, बाँकेमा सूर्य ढकाल र दलबहादुर सुनार, बर्दियामा सालिकराम अधिकारी र विमला विक उम्मेदवार छन्। पाल्पामा नारायण आचार्य र विष्णुप्रसाद पोडेल, रोल्पामा गोकुल घर्ती, प्यूठानमा सूर्यबहादुर थापा, अर्घाखाँचीमा पिताम्बर भुसाल तथा गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट सिफारिस भएका छन्। गण्डकी प्रदेशको नवलपुरबाट भागीरथ सापकोटा र तिलबहादुर (तिलक) महत क्षेत्री उम्मेदवार छन्। गोरखामा आर.सी. लामिछाने र मिलन गुरुङ, लमजुङमा पृथ्वी सुब्बा गुरुङ, तनहुँमा भगवती न्यौपाने र केदार सिग्देल चयन भएका छन्। स्याङ्जामा मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्कीमा बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी उम्मेदवार छन्। बागलुङमा हिरा केसी र मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा बिष्ट, मनाङमा पोल्देन सोताङ गुरुङ तथा पर्वतमा पदम गिरी उम्मेदवार बनेका छन्। बागमती प्रदेशमा भने सिन्धुलीबाट प्रदीप केसी (कटुवाल) र मनोजजंग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ उम्मेदवार छन्। सिन्धुपाल्चोकमा आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ, धादिङमा भूमी त्रिपाठी र धनबहादुर घले चयन भएका छन्। नुवाकोटमा बद्री मैनाली र केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ, मकवानपुरमा रामेश्वर राना र महेश बर्तौला उम्मेदवार छन्। चितवनमा कृष्णराज (कमल) पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया तथा भक्तपुरमा सोमप्रसाद मिश्र र महेश बस्नेत सिफारिस भएका छन्। काठमाडौं र काभ्रेका केही क्षेत्रमा उम्मेदवार अध्यक्ष ओलीले टुङ्ग्याउने निर्णय भएको छ। मधेश प्रदेशको सप्तरीमा सुमन प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी र बालकृष्ण चौधरी उम्मेदवार छन् भने सिराहामा केदार यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ र बिल्टु यादव चयन भएका छन्। धनुषामा रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, जुली महतो र रघुवीर महासेठ उम्मेदवार छन्। महोत्तरी, सर्लाही र पर्साका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ। कोशी प्रदेशको पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, इलाममा काजिमान कागते र सुहाङ नेम्वाङ उम्मेदवार छन्। झापामा रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली र पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार सूचीमा छन्। संखुवासभामा डा. अर्जुन कार्की, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेर्दन राई, तेह्रथुममा भानुभक्त ढकाल चयन भएका छन्। मोरङ, सुनसरी र ताप्लेजुङका केही क्षेत्रमा उम्मेदवार अध्यक्षले टुङ्ग्याउने निर्णय गरिएको छ । पार्टीले छिट्टै बाँकी क्षेत्रका उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानलाई तीव्र बनाउने पनि उपमहासचिव भट्टले जानकारी दिनुभयाे । सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा २. वचनबहादुर सिंह ३. दीपक भट्ट अछाम १. झपटबहादुर बोहरा २. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी डडेल्धुरा १. चक्र स्नेही बझाङ १. अफिलाल ओखेडा बैतडी १. दामोदर भण्डारी दार्चुला १. गणेशसिंह ठगुन्ना ⸻ कर्णाली प्रदेश सल्यान १. गुलाबजंग शाह रुकुम पश्चिम १. नन्दराम देवकोटा सुर्खेत १. धुर्व शाही २. कुलमणि देवकोटा कालिकोट १. नागेन्द्र शाही (नेसनल) जुम्ला १. शान्तिबहादुर महत मुगु १. पूर्णबहादुर रोकाया हुम्ला १. दल फडेरा डोल्पा १. लङ्क रोकाया दैलेख १. रविन्द्रराज शर्मा २. लक्ष्मीराज शर्मा जाजरकोट १. डम्मरबहादुर सिंह ⸻ लुम्बिनी प्रदेश नवलपरासी १. रामप्रसाद पाण्डे २. भगवतीप्रसाद यादव रुपन्देही १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. बासुदेव घिमिरे ४. अध्यक्षले टुङ्गाउने ५. खिमलाल भट्टराई कपिलवस्तु १. विश्राम चौधरी २. अध्यक्षले टुङ्गाउने ३. बिरेन्द्र कडौनिया दाङ १. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने २. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने ३. घनश्याम पाण्डे बाँके १. सूर्य ढकाल २. अध्यक्षले टुङ्गाउने ३. दलबहादुर सुनार बर्दिया १. सालिकराम अधिकारी २. विमला विक पाल्पा १. नारायण आचार्य २. विष्णुप्रसाद पोडेल रुकुम पूर्व १. अध्यक्षले टुङ्गाउने रोल्पा १. गोकुल घर्ती प्यूठान १. सूर्यबहादुर थापा अर्घाखाँची १. पिताम्बर भुसाल गुल्मी १. प्रदीप ज्ञवाली २. गोकर्ण बिष्ट ⸻ गण्डकी प्रदेश नवलपुर १. भागीरथ सापकोटा २. तिलबहादुर (तिलक) महत क्षेत्री गोरखा १. आर.सी. लामिछाने २. मिलन गुरुङ लमजुङ १. पृथ्वी सुब्बा गुरुङ तनहुँ १. भगवती न्यौपाने २. केदार सिग्देल स्याङ्जा १. मिनप्रसाद गुरुङ २. खिमबहादुर थापा म्याग्दी १. हरिकृष्ण श्रेष्ठ कास्की १. बैणबहादुर क्षेत्री २. कृष्ण थापा ३. दामोदर बैरागी बागलुङ १. हिरा केसी २. मञ्जु शर्मा चालिसे मुस्ताङ १. इन्द्रधारा बिष्ट मनाङ १. पोल्देन सोताङ गुरुङ पर्वत १. पदम गिरी ⸻ बागमती प्रदेश सिन्धुली १. प्रदीप केसी (कटुवाल) २. मनोजजंग थापा रामेछाप १. माधवप्रसाद ढुङ्गेल दोलखा १. पार्वत गुरुङ सिन्धुपाल्चोक १. आङदोर्जे शेर्पा २. शेरबहादुर तामाङ काभ्रे १. अमित लामा २. अध्यक्षले टुङ्गाउने धादिङ १. भूमी त्रिपाठी २. धनबहादुर घले नुवाकोट १. बद्री मैनाली २. केशव पाण्डे रसुवा १. प्रेमबहादुर तामाङ मकवानपुर १. रामेश्वर राना २. महेश बर्तौला चितवन १. कृष्णराज (कमल) पाठक २. अस्मिन घिमिरे ३. शंकरराज थपलिया काठमाडौं १. मोहन रेग्मी २. मणिराम फुयाल ३. रामेश्वर फुयाल ४. अध्यक्षले टुङ्गाउने ५. अध्यक्षले टुङ्गाउने ६. अमनकुमार मास्के ७. अध्यक्षले टुङ्गाउने ८. राजेश शाक्य ९. अध्यक्षले टुङ्गाउने १०. विनोद श्रेष्ठ ललितपुर १. चेतनाथ सञ्जेल २. प्रेमबहादुर महर्जन ३. अध्यक्षले टुङ्गाउने ⸻ मधेश प्रदेश सप्तरी १. सुमन प्याकुरेल २. सतिश सिंह ३. ताराकान्त चौधरी ४. बालकृष्ण चौधरी सिराहा १. केदार यादव २. नविनकुमार यादव ३. लिलानाथ श्रेष्ठ ४. बिल्टु यादव धनुषा १. रामचन्द्र मण्डल २. उमाशंकर अग्रहरि ३. जुली महतो ४. रघुवीर महासेठ महोत्तरी १. लक्ष्मी महतो कोइरी २. रामपरिक्षण यादव ३. अध्यक्षले टुङ्गाउने ४. सरोज यादव सर्लाही १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. हरि उप्रेती रौतहट १. अजय गुप्ता २. शैलेन्द्र साह ३. कुन्दन कुशवाहा ४. रामजी शाह बारा १. अच्युत मैनाली २. बलवीर चौधरी ३. ज्वाला शाह ४. किसान श्रेष्ठ पर्सा १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. प्रमोद जैसवाल ४. जालिम मियाँ अन्सारी ⸻ कोशी प्रदेश ताप्लेजुङ १. अध्यक्षले टुङ्गाउने पाँचथर १. ऐन्द्रसुन्दर नेम्वाङ इलाम १. काजिमान कागते २. सुहाङ नेम्वाङ झापा १. रामचन्द्र उप्रेती २. देवराज घिमिरे ३. अध्यक्षले टुङ्गाउने ४. मनोज ताम्ली ५. केपी शर्मा ओली संखुवासभा १. डा. अर्जुन कार्की धनकुटा १. राजेन्द्र राई भोजपुर १. शेर्दन राई तेह्रथुम १. भानुभक्त ढकाल सुनसरी १. सूर्य पन्दाक २/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने) ४. भगवती चौधरी मोरङ १. घनश्याम खतिवडा २. दिलीप बगेडिया ३. दिलीप राई ४. जीवन घिमिरे ५. अध्यक्षले टुङ्गाउने ६. अध्यक्षले टुङ्गाउने सोलुखुम्बु १. कल्पना राई ओखलढुंगा १. अस्मिता थापा उदयपुर १. दुर्गा थापा स्वोती २. अमर रायमाझी खोटाङ १. देवविक्रम राई