पशुपतिमा तीजको रौनक (फोटो फिचर)
पशुपतिमा तीजको रौनक (फोटो फिचर)
पशुपतिमा तीजको रौनक (फोटो फिचर)
काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. सुनिलकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पैसाकाे बार्गेनिङका लागि उद्याेगी अरुणकुमार चाैधरीलाई पक्राउ गरेकाे बताउनुभएकाे छ । कांग्रेस संसदीय दलकाे बैठकपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीकाे डिजाँइनमा चाैधरीलाई पक्राउ गर्ने काम भएकाे बताउनुभयाे । उद्योगी तथा ठूला घरानालाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने काममा प्रचण्ड नेतृत्वकाे सरकार सुरुदेखि नै लागिरहेकाे बताउनुभयाे । 'मिनबहादुरकाे गिरफ्तारीदेखि अहिलेसम्म हेर्दा ठूला-ठूला उद्याेगपति र ठूला घरानाहरुलाई गिरफ्तार गर्ने, हतोत्साही बनाउने, अण्डरटेबल पैसाको बार्गेनिङ गर्ने प्रचण्डजी र अहिलेका गृहमन्त्रीकाे डिजाइन हाे'- उहाँले भन्नुभयाे । चौधरीमाथि कुनै कानुनी प्रश्न भए अदालत जान सकिने भन्दै सांसद् शर्माले व्यापारीलाई आतंकित बनाउने काममा सरकार लागेकाे बताउनुभयाे ।
काठमाडाैं । काठमाडाैंकाे अधिकांश जेब्राक्रसले ठम्याउन समेत सक्ने अबस्थामा छन् । काठमाडौंमा सडक वार पार गर्दा ज्यान जाेखिममा राखेर सडक वारपार गर्नु पर्छ । न त जेव्रा क्रसिङ बुझिन्छ । न त जेब्रा क्रसिङ छाडेर सवारीहरु रोकिन्छन् । यहाँ कतै जेब्रा क्रसिङ बुझिदैन । अनुमानको भरमा बटुवाले बाटो काट्नु पर्छ । यो लापरवाही सहजै भन्न सकिन्छ कि नेपाल सरकारको तलव भत्ता खाएर बसेको सडक विभागको र नेपाल सरकारको हो भनेर । यसरी मानिसले ज्यान जोखिमा राखेर बाटो बार पार गर्दा सरकारले ध्यान दिनु पर्दैन ? सडक विभागलाई घचघचाउनु पर्दैन थियो । अवस्य पर्थो । तर प्रचण्ड नेतृत्वको सरकार कानमा तेल हालेर बसेको छ । मन्त्री प्रधानमन्त्री लगायत ठूला व्यक्तिहरुले यहाँ भिडियोमा देखिए जस्तै गरि बाटो काट्नु पर्दैन । उनीहरुको गाडी समेत सडकमा रोकिदैन । जनताको पीर मर्का उनीहरुले बुझ्दै बुझ्दैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदमा रहिरहु र प्रधानमन्त्रीको कुर्सीमा कसरी टिकिरहन सकिन्छ भन्ने मात्र ध्यान छ । भौतिकपूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि यसमा बेखबर हुनुहुन्छ । उहाँ पनि मन्त्री पद जोगाउनमै व्यस्त हुनुहुन्छ । ट्राफिक प्रहरी दिनभर हात हल्लाउँदै सडकमा बस्छन् । तर, यस्तो जेब्राक्रसका बारेमा र सडकको यस्तो अवस्थाका बारेमा केही बोल्दैनन् । न त सरकारलाई नै झकझकाउछन् । जनतालाई भएको सास्ती सरकारले नबुझे कसले बुझ्ने ? सडकको व्यवस्थापन अस्तव्यस्त छ । आम नागरिकले जोखिम मोलेर सडक पार गर्नु पर्ने अवस्थाको सरकारले ध्यान दिनु पर्दैन । हरेक नागरिकको जिवनको रक्षा गर्नु सरकारको प्रमुख कतव्र्य हो । तर पनि सरकार जनताको जिवन माथि खेलबाड गर्दै छ । यसरी बाटो घाटोमा मानिसको जिवन माथि सरकारले नै खेलबाड गुर्न उचित हुन्छ त ? अहँ हुँदै हुदैन ।
काठमाडौं । विश्वका शक्तिशाली राष्ट्रहरुले चीनलाई आफूभन्दा तल पार्नकै लागि पनि चीनको महत्वकाक्षी योजना वीआरआई लाई असफल बनाउन लागीपरेको अनुमान लगाउन सकिने अबस्था छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई समेत हरेक कुरामा च्यालेन्ज दिने चीनले वीआरआईलाई थव विस्तार गर्यो भने अरु शक्तिराष्ट्रहरु निरिह बन्नुपर्ने भन्दै चीनको महत्वकाक्षी योजनालाई असफल बनाउन विभिन्न शक्तिराष्ट्रहरु लागि परेका छन् । छोटो समयमा चमत्कार गर्ने चीनको प्रमुख कडी भनेकै कडा मिहिनेत हो भन्ने कुरा सबैमाझ जगजायर छ । मिहिनेतबाट मात्र हरकुराको सम्भब हुन्छ भन्ने बुझेको चीनले वीआरआई मार्फत आफ्नो लगानी विभिन्न राष्ट्रमा लगाउँदा सबै राष्ट्रले चीनको मिहिनत नजिकबाट बुझ्ने र सबै चीन जस्तै मिहिनेती बन्ने हुँदा अरु शक्ति राष्ट्रहरुलाई कडा चिन्ता भएको हो । वीआरआई घोषडा भएको एक दशक भन्दा बढी हुँदा पनि चीनले यस्को व्यापक रुपमा प्रचार गर्न नसक्नुमा अमेरिका भारत लगाएत राष्ट्रको अबरोध हो भन्ने धेरैले अनुमान लगाउन सक्ने स्थिति भएको छ । विभिन्न मानिसको आंकलन बुझ्दा नेपालमा समेत वीआरआईको लगानी भित्रन नदिनको लागि अमेरिका भारत खुलेरै लागि परेको एक थरिको आंकलन छ । छिमेकी धनी हुदाँ, केही न केही राम्रो प्रभाव छिमेकीलाई अबस्थ पर्छ भन्ने कुरा विर्सिएर भारतले निरन्तर वीआरआईको विरोध गर्दैै आईरहेको छ । नेपाल मात्र नभएर भारत पनि चीनको छिमेकी राष्ट्र हो । आफ्नो छिमेकी राष्ट्रले अघि सारेको विशाल परियोजनामा सहभागी हुनुभन्दा विरोध गर्नु भारतको राम्रो चाल होइन भन्ने पनि सहजै अनुमान लगाउन सकिन्छ । गौतम बुद्धको थलो नेपालमा वीआरआई प्ररियोजनाले गति लिन थाल्यो भने नेपाल चीन सँग नजिक हुने र हर कुरामा भारको र्निभरता हट्ने र भारतको अघिनमा भन्दा बाहिर नेपाल रहने र नेपालको विकासमा पनि चमत्कार हुने डरले भारत पनि नेपालमा वीआरआई सफल नहोस् भन्ने एक थरिको तर्क छ । यो तर्क यसो सोच्दा सही पनी हो । चीन वुद्ध धर्मलम्बी धेरै भएको राष्ट्र हो । हरेक बुद्ध धर्मलम्बीहरुलाई सहज बाटो घाटो हुँदा जीबनमा एक चोटी हरेकी चिनियाँ नागरिकलाई लुम्वीनीको दर्शन गर्नमन लाग्नु स्वभाविकनै हो । धार्मीक कारणले पनि नेपालको चमत्कार हुुने डरले भारत नेपालमा हर तवरले वीआईको विपक्षमा उभिएको हो । त्यही भएर एक थरिमानिसको विचारमा चिनियाँ प्रभाव विश्वमा कम गर्नकैलागि पनि शक्तिराष्ट्रहरु अमेरिका, भारत लगाएत राष्ट्रहरु विश्वमा वीआर आई असफल बनाउन लागि परेका छन् भने नेपालमा पनि अमेरिका र भारत खुलेर वीआरआईको प्रभाव कम गर्न लागी परेका छन् ।
काठमाडौं । चीनको दक्षिणपश्चिमी पहाडी युनान प्रान्तमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ समय अनुसार सोमबार बिहान ५ बजेर ५१ मिनेटमा झाओटोङ सहरको लियाङसुई गाउँमा दुर्घटना भएको हो । पहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३९ जना बेपत्ता भएका छन् । १८ घरमा बस्ने ४७ जनाको भग्नावशेषमुनि दबिएको अवस्थाबाट उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । राज्य टेलिभिजन ‘सीसीटीभी’ ले पहिरो प्रभावित क्षेत्रबाट ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । विपद् न्यूनीकरणका लागि प्रादेशिक आयोगले विपद् राहतका लागि तेस्रो तहको आपतकालीन प्रतिक्रिया सक्रिय गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोमा पुरिएर भग्नावशेषमा पुरिएका मानिसलाई उद्धार गर्ने प्रयास भइरहेको छ । बेपत्ताको खोजीका लागि २ सयभन्दा बढी उद्धारकर्मी, ३३ दमकल र १० वटा लोडिङ मेसिन उद्धार कार्यमा खटिएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिरोपछि बेपत्ता व्यक्तिको खोजी र सम्भावित उद्धारका प्रयास गर्न निर्देशन दिएका छन् ।
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले भोलि मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिनुभयो । महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।” उहाँले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताउनुभयो । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । -रासस
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गतेदेखि सुरु हुने भएकाे छ । एसईई परीक्षा चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईकाे तालिका पनि सार्वजनिक गरेकाे छ । तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।
महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुशरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ । श्रीरामको बालरूप प्रतिमा आज अयोध्यामा निर्मित राममन्दिरमा प्राणप्रतिष्ठा गरिने कार्यक्रमको झलक दिनेगरी लक्ष्मीनारायण मठमा उक्त प्रतिमा स्थापित गरेर प्राणप्रतिष्ठा गर्न लागिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । 'स्थापित परम्पराअनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरेर आजै प्राणप्रतिष्ठा गरी पूजाअर्चना थालिनेछ', नगरप्रमुख मण्डलले भन्नुभयो, 'रामलीला (श्रीरामको बालस्वरुप)को प्रतिमा अयोध्यामा प्राणप्रतिष्ठा गरिने कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापनाको काम सक्छौँ ।' अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गर्न लागिएको उहाँको भनाइ थियो । प्रतिमा स्थापित र प्राणप्रतिष्ठाको कार्यक्रमसँगै जोडेर अहिले बिहान पवित्र लक्ष्मीसागरमा आरती भइरहेको छ । लक्ष्मीसागर तलाउ अघि त्रेतायुगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ । आज साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम आयोजना गरिँदैछ । यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मीसागर र वरपर दुलही झैँ सिँगारिएको छ । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा कुँदनुभएको हो । प्रतिमा बनाउन काठका २० वटा प्लाई (फलेक) प्रयोग भएका उहाँले बताउनुभयो । आइतबार जलेश्वर, मटिहानी र मनराशिशवा नगरपालिकाले आआफ्ना नगरक्षेत्रमा नगर शोभायात्रा गरेका र आज जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चनाका कार्यक्रम भइरहेको छ । श्रीरामलीलाको प्रतिमा प्राणप्रतिष्ठाको उत्सव मनाउन मनराशिशवा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । -रासस
काठमाडौं । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा एमाले र राप्रपा बिच तालमेल हुने भएको छ । एमालेले एक जना उम्मेदवारलाई फिर्ता गराएर कोशी प्रदेशबाट निर्वाचित हुने दुई सिटमा राप्रपासँग तालमेल गरेको हो । एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई फिर्ता गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको छ । एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबिच सहमति भएको छ । सहमति पत्रमा एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा र राप्रपा प्रदेश अध्यक्ष राम थापाले हस्ताक्षर गर्नुभएको छ ।