तमोर किनारमा अलपत्र कामदारको सुरक्षित उद्धार
धनकुटा नगरपालिका–८ स्थित तमोर नदी किनारको ढुंगामा अलपत्र परेका २९ वर्षीय अर्जुन सरदारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको सहयोगमा सुरक्षित उद्धार गरिएको छ। पुल निर्माणमा काम गर्ने सरदार दशैंका लागि घर फर्किँदै गर्दा नदी तरेपछि अगाडिको बाटो भेट्टाउन नसकी अलपत्र परेका थिए। सुरक्षाकर्मी र चार स्थानीय युवा वैकल्पिक बाटो हुँदै उनीसम्म पुगे र मध्यराततिर उद्धार गरे। उनलाई निर्माण कम्पनीका प्रतिनिधिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
