काठमाडाैं । 'मानिसभित्र मौलाएको ज्यान लिने आपराधिक संस्कृतिले जनतालाई त्रसित बनाएकाे छ'- मंगलबार प्रतिनिधसभा वैठकमा बाेल्दै नेकपाकी सचेतक शान्ता चाैधरीले भनिन् ।
नेपालमा संसारका सामु दृष्टान्तको रुपमा प्रस्तुत गर्न सकिने उदाहरणीय समावेशी राजनीतिक व्यवस्था रहेकाे विचार राख्दै उनले भनिन्- 'त्यसैले मुलुकले यतिखेर आतंक होइन सहकार्य खोजेको छ । देशले जनताको रगत मागेको छैन विकास मागेको छ ।'
देशलाई समृद्ध बनाउने तागत मागेको विचार राख्दै उनले भनिन्- 'जनतालाई आतंक होइन उत्साह बाँड्नु छ र उज्यालो समुन्नत नेपाल दिनु छ । त्यसकारण रोक्नुहोस् गोला बम बारुदको आतंक । यसरी दिन दहाडै बम पडकाएर मान्छे मार्ने अवस्थाको अन्त्य गर्न सरकारले ठोस कदम चाल्नु पर्ने आवश्यकता देखियो ।'
