काठमाडौं । प्रतिनिधिसभाको बैठक मङ्गलबार सम्मका लागि स्थगित भएको छ । आज मध्याह्न १५ मिनेटका लागि स्थगित बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ मागेको थियो ।
कांग्रेस सांसदले संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने अडान लिएका थिए ।
सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने बताएपनि कांग्रेस सांसदले नमानेपछि बैठक १५ मिनेटका लागि गरेका थिए ।
तर, तोकेको समयमा गृहमन्त्री उपस्थित हुन नसक्ने भएपछि बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो ।
गृहमन्त्री थापा काठमाडौंमा आयोजान हुने एक सम्मेलनमा कारण बैठकमा उपस्थित हुन नसकेको स्रोतले बतायो ।
