काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले गुठी संस्कृती मास्ने गरी गुठी विधेयक ल्याएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको वुधबारको बैठकको सुरुमै सभामुख कृष्णबहादुर महरासँग समय लिई सांसद सिंहले गुठी परम्परालाई मेट्ने गरी सरकारले नियोजित रुपमा विधेयक ल्याएको आरोप लगाए ।
‘सरकारले सरोकारवाला पक्षसँग छलफल नगरी विधेयक ल्याएको छ । यो कसका लागि किन ल्याइएको हो ? यसको कारण के हो ? म सरकारको ध्यानाकार्षण गर्न चाहान्छुु’ – उनले भने ।
उनले पुस्तौँपुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपत्तिजनक भएको पनि बताए ।
'विधेयकबाट दुई हजार भन्दा गुठी प्रभावित हुन्छन् । विधेयक संविधान विपरीत छ । निजी सम्पत्ति राख्न पाउने अधिकारलाई आक्रमण गर्न खोजिएको छ । यो धार्मिक स्वतन्त्रता विपरीत छ । त्यसैले म विधेयक फिर्ता लिन आग्रह गर्छु'
