काठमाडौं । प्रतिनिधिसभाका सांसद भिनसेनदास प्रधानले राष्ट्रिय सभामा पेश भएको गुठी विधेयक संविधान प्रतिकुल भएको बताएका छन् ।
संसदको बिहीबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले गुठी विधेयक संविधानले व्याख्या गरेको व्यवस्था प्रतिकुल भएको बताएका हुन् । ‘प्रधानमन्त्री आइएलओको जेनेभा कन्फरेन्स्को कार्यक्रम सम्पन्न गरि फर्किदै हुनुहुन्छ । १९९१ को आइएलओ कन्भेन्सनले हरेक देशमा रहेका आदीवासी जनजातिको धर्म, संस्कृति, रीतिरिवाज र जग्गा जमिनको संरक्षण गर्नुपर्छ भनेर एउटा व्यवस्था पारित गरेको थियो । तर आइएलओको भावना र संविधानले व्याख्या गरेको धारा २९० को व्यवस्था प्रतिकुल गुठी विधेयक सरकारले पेश गरेको छ’, उनले भने ।
उनले विगत केही समययता सरकारले पेश गरेको विधेयकको हरेक क्षेत्रमा आम नागरिकबाट विरोध भएको हुँदा नेपाललाई अन्तराष्ट्रिय जगतमै चिनाउने गुठी मास्ने सरकारको रवैया ठीक नभएको समेत बताएका छन् ।
