काठमाडौं । प्रतिनिधिसभाले पूर्व शिक्षामन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले पूूर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
पौडेल ०७० को संविधानसभा निर्वाचनमा तत्कालिन एकिकृत माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
बैठकले उनको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली अर्पण गरेको छ । त्यस्तै, शोक सन्तप्त परिवार प्रति समवेदना समेत प्रकट गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ बर्षको उमेरमा आज बिहान निधन भएको थियो । उनको हृदयाघातका कारण निधन भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक आईतबार बस्ने छ ।
