काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा वैठकमा सम्बोधन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वाधा दिएको छ ।
सदन सुरु हुनु अघि नै कांग्रेसले आफ्ना नेता शेरबहादुर देउवाले पहिले बोल्न पाउनुपर्ने अडान राखेको थियो । नेकपाले भने प्रधानमन्त्रीले पहिले बोल्न पाउनुपर्ने अडान राखेको थियो ।
दुवै पक्षले यस्तो अडान राख्नाले ११ बजेका लागि निर्धारित वैठक १२ बज्दा मात्र सुरु भयो ।
प्रधानमन्त्रीले युरोप भ्रमण र गुठी विधेयक सम्बन्धमा सदनमा आफ्नो धारणा राख्न लागेका हुन् । तर, कांग्रेसले भने सदन अवरुद्ध गरेर प्रधानमन्त्रीलाई बोल्न वाधा दिएको हो ।
