काठमाडौं । राष्ट्रियसभामा मंगलबार तीनवटा विधेयक टेबुल भएका छन् । मंगलबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरेका हुन् ।
टेबुल हुने विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन् ।
बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनासँग समय माग्दै प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुरको पुनर्वास नगरपालिकामा काङ्ग्रेसका कार्यकर्तामाथि हालै भएको सांङ्घातिक आक्रमण गर्नेको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
