काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले चार देशका लागि सिफारिस भएका राजदूतको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि राजदूतमा सिफारिस चार जनाको नाम सर्वसम्मतीबाट अनुमोदन गरेको हो ।
सरकारले अष्ट्रेलियाका लागि महेशप्रसाद दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा, कतारका लागि नारद भारद्वज र बंगलादेशका लागि वंशिधर मिश्रलाई राजदूतमा सिफारिस गरेको थियो ।
स्पेनका लागि नाम अनुमोदन भएकी दावाफुटी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन् ।
