काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाका सांसदहरुको विरोधकाबीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा वैठक अगाडि बढाएका छन् ।
वुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ हुनासाथ कांग्रेस र राजपाले वैठक अवरुद्ध पारेका थिए ।
प्रतिपक्षीको नारावाजी चलिरहेको बेला सभामुखले प्रतिनिधिसभाका सचिवलाई राष्ट्रिय सभाबाट प्राप्त सूचना प्रस्तुत गर्ने अनुमति दिए । सचिवले राष्ट्रिय सभाबाट वार्षिक बजेटसँग सम्बन्धित चारवटा विधेयक पारित भएको सम्बन्धी सूचना पढेर सुनाएका थिए ।
प्रतिनिधि सभामा सो सूचना पढेर सुनाइएसँगै सरकारले पेस गरेको वार्षिक बजेट संसदबाट पारित भएको छ ।
