काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमखु सामन्त गोयल नेपाल आएको र नेताहरुलाई भेटेको सम्बन्धमा कुरा उठाउने पहिलो सांसद प्रेम सुवाल बनेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सुवालले रअको टोली नेपाल आएको सम्बन्धमा कुरा उठाएका हुन् ।
उनले कुनै पनि देशको कर्मचारी नेपाल आउँदा समकक्षीसँग भेटघाट हुनु स्वाभाविक भन्दै राजनीतिक नेतृत्वसँग भेट्नु असामान्य भएको बताए ।
नेपाल मजदूर किसान पार्टीका सांसद सुवालले भने– ‘रअका प्रमुख सहितको टोली आएको बारे परराष्ट्र मन्त्रालय बेखबर भएको, औपचारिक अभिलेख समेत नभएको समाचार छ । यसबारे नेपाल सरकारले सदनलाई जानकारी दिनुपर्छ ।’
उनले भने– ‘भेटघाटमा कूटनीतिक आचार संहिता पनि उल्लंघन भएको कुरा आएको छ ।’
