काठमाडौं । सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुलाई उनले बोलाएका हुन् ।
‘दलका मुख्य नेताहरु र सचेतकलाई सभामुखले बोलाउनुभएको छ,’– सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले सनराइज खबरसँग भने ।
बुधबार प्रतिनिधि सभा बैठकमा कांग्रेस र राजपाका सांसदहरुले सभामुख विरुद्ध नै नारावाजी गरेका थिए । त्यसपछि सभामुखले सर्वदलीय वैठक बोलाएका हुन् । सर्वदलीय बैठकमा दलका ठूला नेता कोको जान्छन् भन्ने टुंगो नलागे पनि सामान्यतया यस्ता बैठकमा उपनेताहरु जाने गरेका छन् । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् भने कांग्रेसका उपनेता विजयकुमार गच्छदार छन् ।
