काठमाडौं । सभामुख कृष्णहादुर महराले विहान १० बजेका लागि बोलाएको सर्वदलीय बैठक अझै सुरु हुन नसकेपछि प्रतिनिधि सभा बैठक दुई घण्टा पर सरेको छ ।
सभामुखले प्रतिनिधि सभा बैठकको अवरोध खुलाउनका लागि सर्वदलीय बैठक बोलाएका हुन् । ११ बजेबाट सदन बैठक सुरु गर्ने कार्यतालिका भएपनि सर्वदलीय बैठक बस्नै ढिला भएपछि बैठक दुई घण्टाको लागि सरेको बताइएको छ ।
संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । अवरुद्ध सदन खुलाउन दलहरुसँग छलफलका लागि भन्दै बैठक सारिएको सचिवालयले उल्लेख गरेको छ ।
सर्लाहीमा नेत्र विक्रम चन्द–विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको जम्काभेटमा गोली लागि निधन भएको विषयलाई अघिसार्दै नेपाली कांग्रेसले सदन अवरुद्ध पार्दै आएको छ ।
त्यस्तै राष्ट्रिय जनता पार्टी ९राजपा० ले भने राजमार्ग ठप्प गर्दै विरोध गरिरहेको स्थानमा प्रहरीको गोलीलागि निधन भएका सरोज नारायण सिंहको विषयमा छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरिहेको छ ।
