काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसाे १ बस्ने तालिका छ । सभामुखको मुख्य भूमिकामा केही दिनदेखिको अवरोधलाई पाखा लगाउँदै सोमबारदेखि सदन सञ्चालनमा सन्तुलित वातावरण बनेको छ ।
सदन खुलाउन सभामुखले खेलेको महत्वपूर्ण भूमिकाको प्रभतिपक्षले खुलेर नै स्वागत गरेका थिए ।
आज बस्ने बैठको कार्यसूचि यस्तो छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले निम्नलिखित विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यतालिका रहेको छ जस अन्तर्गत प्रमाण (दोस्रो संशोधन) विधेयक र राष्ट्रिय खेलकुद विकास विधेयक रहेको उल्लेख छ ।
त्यस्तै व्यवस्थापन कार्यतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पेस गर्ने कार्यक्रम छ ।
खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूउपयोग विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
