काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायण प्रसाद खतिवडाले पत्रकार शालिकराम पुडासैनिको निधनबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पुडासैनिको झुण्डिएको फोटो हेर्दा दाहिने खुट्टा खाटमा टेकेको देखिएको र निजको साथमा रहेको झोला सो स्थानमा नभएको सूचना आएको भन्दै खतिवडाले घटनाको छानविन गर्न सभामुख मार्फत् सरकारसँग माग गरेका हुन् ।
पत्रकार शालिकराम पुडासैनी गए राति चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । पत्रकार पुडासैनी माउन्टेन टेलिभिजनमा कार्यरत थिए ।
