प्रतिनिधिकसभा बैठकको बिशेस समयमा बोल्दै नेमकिपाका प्रधतिनिधि सदस्य प्रेम सुवालले भारतकाे जम्मु कस्मिर घटनाबाट नेपाललाई कस्तो असर पर्छ भन्ने बारे सरकारलाई सदनमा जानकारी गराउनुपर्ने बताएका छन् ।
उनले भने ‘जम्मु कस्मिरको यो घटनाबाट नेपाल र भुटानमा केके असर पर्छ सरकारले सदन र नेपाली जनतालाई जानकारी गराउन आवश्यक छ । प्रधामन्त्री र मन्त्रीहरु विदेश गएर खुरुखुरु सहिछाप गर्न नहुने तर्फ यस घटनाले फेरि सचेत गराउँछ ।’
भारत सरकारले जम्मु कस्मिर र लद्दाखलाई दुईवटा केन्द्र शासित राज्यमा बिभाजित गरेको र भारतीय संविधानले जम्मु कस्मिरलाई दिएको बिषेश राज्यको मान्यता समाप्त गरेकाे सम्बन्धमा सुवालले सरकारकाे धारणा माग गरेका हुन् ।
दक्षिण एसियाली सहयोग संगठन सार्ककाे बैठक हुन नसकि रहेको भन्दै उनले सार्क बैठक नहुनुको कारण भारत सरकारको यो कदम उठाउने तयारी त हैन भनी सुवालले प्रश्न गरे ।
उनले काठमाडौं ठमेल स्थित सार्वजानिक पोखरी व्यक्तिको नाममा दर्ता गरी १२ तले छायाँ सेन्टर ब्यापारिक भवन बनाएकोमा पनि विराेध गरे । साे भवन सम्बन्धमा संस्कृति मन्त्रीले सदनलाई जानकारी गराउनु पर्ने भन्दै सुवालले भने ‘वर्तमान संस्कृति मन्त्रीले सो भवन उद्घाटन गर्न लगेको भनी समाचार आएको छ । यस बिषयमा यथार्थ कुरा सदनलाई जानकारी गराइयाेस् ।'
