प्रतिनिधि सभा बैठक आज (बिहीबार) दिउसाे १ बजे बस्ने तालिका रहेको छ । आजको बैठकमा छलफल हुने कार्यसूचि यस्तो रहेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेाम कार्यक्रम रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्यतर्फ कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बिरुवा संरक्षण (पहिलोसंशोधन) विधयेकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, बिउबिजन (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र जीवनाशक विषादी व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद विकास विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलोसंशोधन) विधयेकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
