आज बसेको प्रतिनिधि सभा बैठकले दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
बैठकले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको हो । सो विधेयक उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवल पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाको अर्काे बैठक साउन २६ गते आइतबार बिहान ११ बजे बस्ने तालिका छ । ।
