काठमाडौं । ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६’ राष्ट्रिय सभामा पेस गरिएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो विधेयक प्रस्तुत गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २९ गते १ बजे बस्ने छ ।
