काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउसाे १ बजे बस्ने भएकाे छ ।
बैठकमा छलफल हुने विषयहरुको कार्यसूची यस्तो छ । संलग्न सूचीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिने कार्यतालिका छ ।
त्यस्तै व्यवस्थापन कार्यतर्फ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री श्री भानुभक्त ढकालले 'प्रमाण (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्थ डा. युवराज खतिवडाले 'नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले 'कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको प्रशासकीय अदालत विधेयकमाथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने र 'प्रशासकीय अदालत विधेयकलाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
