काठमाण्डौ । प्रतिनिधि सभाको बैठकले प्रशासकीय अदालत विधेयक पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ’कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको प्रशासकीय अदालत विधेयकमाथि छलफल गरियोस’ भनी आजको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो बिधेयक सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधि सभा बैठक अब भदौ १ गते बस्नेछ ।
