हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठक आइतबार बस्दै छ । करिब दुई महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । दिउँसो २ बजे बस्ने बैठकमा तीन वटा विधेयक पेश हुनेछ ।
‘सार्वजनिक निजी सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक’ पेश हुनेछ ।
यस्तै, औद्योगिक व्यवसाय ऐनसम्बन्धी विधेयकको प्रतिवेदन र राष्ट्रिय वनसम्बन्धी ऐनको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पनि सभामा पेश हुने सचिवालयले जनाएको छ ।
