काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबार दिउसाे २ बजे बस्दै छ ।
आजको बैठकमा छलफल हुने कार्यसूचि यस्ताे छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त “भूमी सम्बन्धी (आठौ संशोधन) विधेयकमाथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त “वन विधेयकमाथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यमक्रम छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “प्रहरी समायोजन विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।
त्यस्तै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने आजको बैठकको कार्यतालीका छ ।
