काठमाडौं । प्रतिनिधि सभाको अाजकाे बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रीलाई सांसद्हरुले मौखिक प्रश्न साेध्ने भएका छन् । मन्त्रीलाई मन्त्रालयका काम सम्बन्धमा सांसद्हरुले प्रश्न साेध्ने कार्यक्रम राखिएकाे हाे ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यक्रम रहेको छ ।
यस्तै व्यवस्थापन कार्य तर्फ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विधेयकमाथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “औद्योगिक व्यवसाय विधेयकलाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
