काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले मेडिकल शिक्षामा अराजकता र शुल्कको नाममा अचाक्लि कहिलेसम्म रहने ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभामा बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले प्रश्न गरे– ‘यसबारे शिक्षा मन्त्रीलाई थाह छैन ? कि उहाँकै संलग्नतामा यस्तो भइरहेको हो ?’
उनले खाडि मुलुकमा वैदेशिक रोजगारीको लागि जाने नेपालीहरुको लागी फ्रि भिसा र फ्रि टिकट भनिए पनि त्यो कार्यान्वयनमा नआएको दाबी गरेका छन् । यसबारेमा उनले श्रम मन्त्रीलाइ प्रश्न गर्दै भने– ‘कतिपय मेनपावर कम्पनिहरुले नेपालीको घर खेत बेचाएर लाखौ लाख असुलि गरिरहेको र दास जस्तै बेचबिखन गर्दै छन् । यसबारे श्रम मन्त्रीलाई जानकारि छैन र ?’
निर्वाचन आयोगको काम परिणाम प्रकाशित गर्नेमा मात्र सिमित हुन नहुने उनको भनाई थियो । निर्वाचनमा भएका अनिमियतता र निर्वाचन कानुनको उल्लंघनको पनि छानबिन निर्वाचन आयोगले गर्नुपर्ने उनको भनाई थियो ।
जन्मको आधारमा नागरिकता, वैवाहिक आंगिकृतलाई तत्काल नाागरिकता दिने र आंगिकृतका सन्तानलाई वंशजको नागरिकता दिनेले देशको हित नगर्ने पनि उनले प्रष्ट पारे ।
