काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कानूनको पालना गरेको भन्दै प्रधामन्त्रीलाई धन्यवाद दिएका छन् ।
प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै सांसद थापाले भने ‘हामीले संसदबाट कानून परित गर्याै, कुनै व्याक्तिलाइ विदेश उपचार गर्नु परेमा सरकारले खर्च गर्ने छैन । कानुनको पालना गर्नु भएकोमा प्रधानमन्त्रीलाइ धन्यवाद ।’
प्रधानमन्त्रीको स्वास्थ्य संम्वन्धि सरकारले संसदलाई जानाकारी नगराएकोमा असँतुष्टि जनाउदै थापाले उपयुक्त समयमा प्रधानमन्त्रीले बताउने प्रति आसावादी रहेको बताएका छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सकलाइ उद्धिृत गदै आएको सिमित सुचनाबाट स्वास्थ्यमा सुधार हुदै गएको अनुमान गर्न सकिन्छ भन्दै उनले मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको इच्छाशत्ति, क्रियासिलता र योगदान संसारकै लागि नमुना बनोस भनेर कामना समेत गरे ।
मन्त्रिपरिषदको कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ । संसदीय पद्धतीम संसदको कामको सिर्जना पनि प्रधानमन्त्री बाटै हुन्छ भन्दै उनले प्रश्न गरे ‘ पटक पटक विदेश गएर उपचार गर्नु पर्र्याे भने चै के गर्ने ?’
कार्यकारी प्रमुख लामो समयसंम्म विदेश गएर बस्दा राष्ट्रिय सुरक्षा, कुटनितीक मर्यादामा आदीमा जोखिम हुन सक्ने भन्दै उनले भने ‘विदेशमा गएर टेलि प्रिजेन्टवाट मन्त्रीहरुको व्रिफिङ लिएर देश चल्न सक्दैन ।’
नेकपाका सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको भन्दै उनले भने, ‘प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस् । आराम गर्नुस् । विश्राम लिनुस् ।’
उनले थपे‘हामी हाम्रो बालाई त्यसो भन्छौं तर प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं ? यो गल्ती हिजो हामीले पनि गर्यौं । र, सबैभन्दा बढी नजिक बस्ने मान्छेले अन्याय गर्यौ । यो अन्याय तपाईहरु नगर्नुस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् ।’
प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रियामा योगदान पुर्या्एको तथा स्वाभिमानको लडाइँमा अथक योद्धाका रुपमा काम गरेका ओलीलाई लामो समय अभिभावकका रुपमा हेर्न चाहेको उनको भनाई थियो ।
