काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसद्हरुले मन्त्रीलाई मौखिक प्रश्न सोध्ने भएका छन् । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका काम सम्बन्धमा सांसद्हरुले प्रश्न सोध्ने कार्यक्रम राखिएको हो ।
बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले अर्थ समितिको प्रतिवेदन सहितको राजश्व चुहावट (अनुसन्धान र नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र राजश्व चुहावट (अनुसन्धान र नियन्त्रण) (पहिलो संशोधन) विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
