काठमाडौं । हृदयेश त्रिपाठीले नेपाल आम्दानीभन्दा करको दर वढी असुल्ने देशमा परेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सरकारले असुल्ने करको तुलनामा सेवा सुविधा दिन नसकेको, विकास निमार्ण नगर्ने तर कर उठाउन नछाड्ने भन्दै जनताले तिरेको करको सदुपयोग गर्न आग्रह गरेका छन् ।
उनले सरकारलाई एनसेलसँग नाै अर्व रुपैयाँ कर असुल गर्न चुनौती समेत दिएका छन् ।
