काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले संसदका सभापतिहरुका लागि खरिद गरिएका गाडीमा भ्रष्टाचार भएको भन्दै तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले गाडी खरिदमा १६ करोड ९२ लाख रुपैयाँ खर्च गरिएकाे र एक महिनामै विग्रिएकाे भन्दै संसदमै भ्रष्टाचार हुँदा जनतामा राम्राे सन्देश नजाने बताए ।
उनले सर्वोच्चको पछिल्लो फैसला अनुसार एनसेल कम्पनीले तिर्नुपर्ने कर सम्बन्धमा सर्वाेच्च अदालतले दिएकाे आदेश बारे सम्बन्धित निकायले छानविन गर्नु पर्ने बताए । न्यायधिसहरुले पैसा खाएर एनजिओका पक्षमा फैसला गर्ने गरेकाे अाराेप समेत उनले लगाए ।
त्यस्तै दशगजामा भारत सरकारले निमार्ण गरेको पक्की वाँधका कारण नेपाली भूभाग डुबानमा परेकाले कूटनीतिक छलफल मार्फत समाधान खोज्न उनले सरकारलाई आग्रह गरे ।
