काठमाडौं । सांसद खगराज अधिकारीले एनसेलको लाभांस कर कुनै पनि अवस्थामा असुली हुनुपर्ने धारणा राखेका छन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्द उनले भने – ‘एनसेलको लाभांस कर नेपाली जनताले पाउनुपर्छ कि पर्दैन ? नेपाली जनताले पाउनुपर्छ । जहाँ भ्रष्टाचार भएको छ । त्यहाँ प्रहार गर्न किञ्चित पनि हामीले कमी कमजोरी गर्नुहुन्न ।’
संसदमा एनसेलको लाभांस कर उठाउने सम्बन्धमा सांसदहरुले उठाएको आवाजको सुनुवाई गर्दै सम्बन्धित निकायले भ्रष्टाचार नियन्त्रणमा कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
