काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोग विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुनर्विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसपछि मन्त्री ज्ञवालीले राहदानी विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा ‘लोक सेवा आयोग विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि संसद सचिवालयले जनाएको छ ।
