काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा ‘लोक सेवा आयोग विधेयक, २०७५’ पेस भएको छ । लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएको ८ महिनापछि छलफलका लागि प्रतिनिधिसभामा पेस भएको हो ।
बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राखेकाे विरोधको सूचना बहुमतले अस्वीकृत भएकाे थियाे । त्यसपछि कानुन न्याय तथा संसदीय मामला मन्त्री भानुभक्त ढकालले विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री ढकालले लोकसेवा अायाेगको काम, कर्तव्य र अधिकार पारदर्शी बनाउन विधेयक ल्याइएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २४ पुसमा सो विधेयक प्रतिनिधि सभामा दर्ता गराएको थियो ।
