काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुर्नविचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी मन्त्री ज्ञवालीले नै राष्ट्र ‘राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
