काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहीबार बस्दै छ । दिउसो १ बजे बस्ने बैठकको कार्यसूची यस्तो छ । बैठकमा गृह मन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकमाथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले “विज्ञापन (नियमन गर्ने) विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “वातावरण संरक्षण विधेयकमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै “वातावरण संरक्षण विधेयकलाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने, व्यवस्थापन समितिको प्रतिवेदन सहितको “वन विधेयक, सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र “वन विधेयकलाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
