काठमाडौं । राष्ट्रिय सभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई ओटा विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही भदौ २९ गते आइतबार दिउसाे ३ बजे बस्नेछ ।
