काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मन्त्रीलाई प्रश्न सोध्ने भएका छन् ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देश “वातावरण संरक्षण विधेयक, र “वन विधेयक, प्रतिवेदन टेबुल गर्ने छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, पेस गर्ने छन् ।
गृह मन्त्री श्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “प्रहरी समायोजन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम आजको बैठकमा रहेको छ ।
बैठक आज दिउसो १ बजे बस्दैछ ।
