काठमाडौं । आजको राष्ट्रिय सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “प्रशासकीय अदालत विधेयकलाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्नेप्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले “विज्ञापन (नियमन गर्ने) विधेयकलाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम आजको बैठको रहेके छ ।
बैठक आज दिउसो ३ बजे बस्दै छ ।
