काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले राष्ट्रप्रमुख लगायत राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गाली गलौच गर्दै हिड्ने छाडा प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
त्यसैगरी कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्यम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायुसेवा निगमसंग भएको सम्झौता लागू गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद खिम कुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैया घोटला भएको भन्दै सो सम्बन्धमा सरकारको धारणा मागे ।
