काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक ०७५ लाई सर्वसम्मति पारित गरेको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधन सहित पारित गरेको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट संदेश सहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक ०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो ।
यसअघि विधेयकमाथि १३ जना सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधनकर्ताहरुको तर्फबाट सांसद ठगेन्द्रप्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिएका थिए । त्यसैगरी अर्का संसोधन कर्ता सांसद रामप्रित पासवानले पनि आफ्नो संशोधन प्रस्ताव पनि फिर्ता लिए पछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।
