काठमाडौं । आज २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयकमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
यस्तै, सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै सदनमा प्रस्तुत गर्ने छन् ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै खतिवडाले नै “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकलाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएकाे छ ।
