काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे दुई बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
संसद् अधिवेशनकाे अन्त्य हुने भएकाले प्रधानमन्त्री अाेलीले सम्बाेधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने पनि उनले बताए ।
यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए । आज बस्ने प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समय भने हटाइएको बताइएको छ ।
