काठमाडौं । यौनकाण्डमा मुछिएका कृष्णबहादुर महराको सभामुख पद गएको छ । उनले मंगलबार उपसभामुख शिवमाया तुम्वाहाम्फे समक्ष राजीनामा दिएका थिए ।
महराले कीर्ते भाषामा राजनीमा बुझाएका थिए । संघीय संसद् सचिवालयले महराको राजीनामाको पुष्टि गर्दै एक सूचना जारी गरेको छ । सचिवालयका सचिव भरतराज गौतमले जारी गरेको सूचनामा राजीनामा सार्वजनिक गरिएको हो । सूचनामा प्रतिनिधि सभा नियमावलीको नियम २११ को उपनियम २ हो उल्लेख गरिएको छ ।
राजीनामाको सूचना संसद् सचिवालयभित्र प्रकाशित भएपछि अब कृष्णबहादुर महरा सभामुख रहेनन् ।
सो सूचना उपसभामुख शिवमायाको आदेश अनुसार जारी गरिएको उल्लेख छ । नियमावली अनुसार सभामुखले उपसभामुख समक्ष राजीनामा बुझाए पुग्छ, स्वत स्वीकृत भएको मानिन्छ ।
