काठमाडौं । सांसद मोहम्मद अफताब आलमको तलबभत्ता रोक्का भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले कर्तव्य ज्यान मुद्दामा आलम पक्राउको औपचारिक जानकारी पत्रमार्फत् संघीय संसद सचिवालयलाई दिएको छ । संघीय संसद सचिवालयले आलमको पक्राउकाे सूचना सूचनापत्रमा प्रकाशित गर्दै औपचारिक जानकारी दिएको हो ।
सूचना प्रकाशित भएसँगै आलमको तलब भत्ता लगायतको सेवा सुविधा रोक्का भएको छ । संसद बैठक अहिले सञ्चालनमा नरहेकोले सूचना मार्फत् जानकारी गराएको हो ।
यो पनि पढ्नुहोस्
