काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साको बिषयमा आज संसदीय समितिमा छलफल हुँदैछ । बैठक आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष सिंहदरबारमा बस्न लागेको हो ।
छलफलका लागि समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक र कालापानी समेटेपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल गर्ने भएको हाे ।
प्रधानमन्त्री ओलीले यसअघि नै याे विषयमा राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविद् लगायतसँग छलफल गरिसकेका छन् ।
