काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोग तथा मधेशी आयोगका अध्यक्षहरुले प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम भण्डारीसमक्ष कार्यवाहक अध्यक्षहरुले सो प्रतिवेदन पेश गरेका हुन् ।
राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षीक प्रतिवेदन तथा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
