काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बुधबार बिहानका लागि बोलाइएको बैठक विशेष कारणले स्थगित भएको समितिका सभापति शशि श्रेष्ठले सनराइज खबरलाई जानकारी दिइन् ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची थियो ।
समितिका सदस्यहरु निर्धारित समयमै समितिको कार्यालय सिंहदरबार पुगेका थिए । तर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नगएपछि बैठक बसेन ।
आज मन्त्रिमण्डल पुर्नगठन हुने भएकाले लालबाबु बैठकमा उपस्थित नभएको समितिका एक सदस्यले बताए ।
