काठमाडौं । नेकपाकी प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले आज सांसद् पदको सपथ लिने भएकी छिन् ।
कास्की क्षेत्र नम्बर २ मा भएको उपचुनावबाट निर्वाचित भट्टराईले आज दिउँसो १ बजे सपथ लिने संसद् सचिवालयले जनाएको छ ।
विद्यालाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले सपथ दिलाउने छिन् ।
