काठमाडौं । राजश्व चुहावटकाे समस्या जटिल रहेकाेले यसकाे नियन्त्रण आवश्यक रहेकाे नेकपाका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बताएका छन् ।
‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) २०७५' विधेयकमाथि माथिकाे सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्दै यस्ताे बताएका हुन् । उनले भने– ‘नीति, नियम, विनियम, निर्देशिका बनाएर नीतिगत रुपमै राजस्व चुहावट हुँदै आएको छ ।’
राजस्व चुहावट गर्ने विरुद्ध अहिलेकाे कानुन फितलाे रहेकाे बताउँदै उनले भने– ‘२० अर्ब भ्रष्टचार गर्ने ५ वर्ष थुनामा बस्छन् । त्यसपछि मुक्तहुने व्यवस्थाले मानिसहरु व्यवसाय गर्न हैन जेल बस्न मन पराउन थालेको देखिन्छ ।'
चुहावट नियन्त्रणको लागि कडा सजायको व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
बिडारीले राजश्व चुहावट नियन्त्रणकाे समस्या ठूलाे रहेकाे बताउँदै भने – ‘सरकारले राश्व चुहावटलाई गम्भीर रुपमा नहेर्दा अहिले पनि सरदर ५० प्रतिशत राजस्व चुहावट भइरहेकाे छ। ’
चुहावट भएको राजश्व कर्मचारी, राजनितिक नेता तथा मन्त्रीहरुका खल्तिमा जाने गरेकाे उनले आराेप लगाए ।
यस्ताेमा याे राजस्व चुहावट नियन्त्रण गर्न याे विधेयक आएकाे उनले प्रष्ट पारे । उनले याे विधेयक प्रगतिशील देखिएकाे तर विधेयकबारे पूर्व जानकारी नदिएकाेमा असन्तुष्टि जनाए ।
विधेयक प्रस्तुत हुने विषयमा जानकारी दिने भनेर नियमावली नै बनाएपनि यस्ताे नभएकाे उनले बताए । समयमै जानकारी नपाउँदा याे विधेयकमा भएकाे व्यवस्थाबारे थप अध्ययन गर्न नपाएकाे उनले गुनासाे गरेका छन् ।
